चिनियाँ राजदूत बालुवाटारमा

डिसी नेपाल
१० फागुन २०७९ १०:०९

काठमाडौं। राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन आइपुग्न लाग्दासमेत दलहरुले उम्मेदवार घोषणा गर्न नसकिरहेको बेला नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सोङ बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले भावी राष्ट्रपतिका विषयमा चासो राखेका थिए। उनले राष्ट्रपतिको कसलाई बनाउने भन्ने विषयमा चासो राखेको स्रोतले जनाएको छ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विभिन्न कोणबाट सबै राजनीतिक दलसँग परामर्श भइरहेको भन्दै चाँडै निष्कर्षमा पुग्ने बताएको बालुवाटार निकट स्रोतले जनाएको छ।

दलहरुबीच राष्ट्रपतिको उम्मेदवारमा सहमति हुन नसकेको बेला प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकै आइरहेका बेला फागुन १ गते भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि नेपाल भ्रमण गरेका थिए। उनले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका थिए।

चिनियाँ राजदूत सोङले पनि यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *