नक्कली सवारी चालक अनुमती पत्र बनाएको आरोपमा पक्राउ

डिसी नेपाल
१० फागुन २०७९ १७:३५
84
Shares

काठमाडौं। विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई गाडी चलाउने १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर गोलभट्टा बस्ने वर्ष २८ का प्रकाश घर्ती मगर रहेका छन्।

काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घर्ती मगरलाई पक्रेको ह ।

बी वर्गको लाइसेन्सलाई ए, बी, एफ र जी वर्गको बनार्इ प्रयोग गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिरहेको प्रहरीले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *