७१ लाख ८० हजारसहित हुण्डी कारोबार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं। ईजाजतपत्र नलिई (हुण्डी) बित्तिय कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेशरनिर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो।
उनले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघि पनि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको छ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment