सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिए

डिसी नेपाल
१० फागुन २०७९ २२:४८
28
Shares

सिरहा । सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका  छन्। मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा  मनि ट्रान्सफरका कर्मचारीबाट बुधबार अपरान्ह लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।

कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेको बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ को वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने ।

उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सबै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए। यसअघि पनि सो मनि ट्रान्सफरको २४ लाख रुपैयाँ  यहि क्षेत्रबाट लुटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *