हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु
काठमाडौं। आजदेखि हात्तिपाइले रोग बिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ। आज अर्थात ११ फागुन देखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाइले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो। कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधि सेवन अभियान सुरु हुन लागेको हो। जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ।
यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधि खुवाइनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment