स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने

डिसी नेपाल
११ फागुन २०७९ १०:०२
24
Shares

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनए सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन्।

न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.को अध्यक्ष भएर यस क्षेत्रमा आवद्ध भएका हुन्।

दुबै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष,एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक,भिनोलिभा रेस्टुरेन्टको अध्यक्ष लगाएत पदमा रहेर ब्यावसायिक क्षेत्रमा प्रवेश गरेका छन्।

विभिन्न व्यवसायमा आवद्ध न्यौपाने एनआरएनए मलेशियाका पूर्व अध्यक्ष हुन्। न्यापानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको बताए।

काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए।

नेपाल बाहिर र नेपालमा समेत धेरै क्षेत्रको व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्ने उद्देश्यले न्यौपानलाई प्रवेश गराइएको संस्थाका सञ्चालक इश्वर सापकोटाले जनाए।

कम्पनीको सामुहीक कारोबार यहि फ्रेबुअरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने जानकारी कम्पनीका सञ्चालक बालकृष्ण खड्काले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *