सन्दिपको मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
१४ फागुन २०७९ १८:०२
336
Shares

काठमाडौं। नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ भएको थियो। इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेशी तोकेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *