सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
१५ फागुन २०७९ १२:५४
88
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्। बालुटारमा आज विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं।’

उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए। प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए।

उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो। बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ। यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ। मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु। गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो। यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरुको योगदानका लागि विशेष धन्यवाद दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *