पर्यटकको गुनासो सुन्न २४ घण्टे सेवा सुरु गर्दै पर्यटन मन्त्रालय

डिसी नेपाल
१५ फागुन २०७९ १७:२१
48
Shares

काठमाडौं। पर्यटन मन्त्रालयले पर्यटकको गुनासो सुन्न र समाधानका लागि मन्त्रालयमा २४ घण्टे सेवा सुरु गर्ने भएको छ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री सुदन किरातीले पर्यटकको गुनासो सुन्नका लागि २४ घण्टा नमस्ते पर्यटक सेवा चलाउने तयारी भइरहेको जानकारी दिए।

नेपाल आएका पर्यटकहरुको बिभिन्न गुनासोहरुलाई नमस्ते पर्यटक सेवामार्फत सुन्ने र समाधान गर्ने उहाले बताए। त्यस्तै ग्राउन्डेड भएको नेपाल एयरलाईन्सको ट्वीनेटर बिमानका बिषयमा छानविन गर्न समिति गठन गरिएको, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा लागि विजनेश प्लान मागिएको र भरतपुर बिमानस्थल विस्तार गर्ने काम प्रारम्भ भएको मन्त्री किरातीले जानकारी दिए।

उनले नेपालको नागरिक उड्ययनको क्षेत्रमा महिला हिंसाको घटनाहरु देखिरहेको अवस्थामा महिला हिंसाको उजुरी लिने स्थायी युनिट बनाउन लागिएको बताए।

आफु मन्त्रालय आएपछि बायुसेवा निगममा अनलाईन टिकट लागू भएको, विमानस्थलको सरसफाईमा सुधार भएको, लुम्विनी गुरुयोजनाको सम्दर्भमा छानविन समिति गठन गरेर प्रतिवेदन आइसकेको उनले जानकारी दिए।

त्यस्तै मन्त्री किरातीले पशुपति हिन्दु विश्वबिद्यालय स्थापनाका लािग ५ सदस्यीय अध्ययन समिति गठन गरिसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *