दरबारमार्गमा पार्किङ निषेध गरेकोमा व्यवसायीको विरोध

डिसी नेपाल
१५ फागुन २०७९ १८:१४
48
Shares

काठमाडौं। काठमाडौंको दरबारमार्ग क्षेत्रको सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

सवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको बिरोधमा व्यवसायीहरुले सोमबार अपरान्ह आधा घण्टा सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका हुन्।

सवारी आवागमनमा नै असर पुग्ने गरि दरबारमार्ग क्षेत्रमा पाकिङ गरिएको भन्दै महानगरले दुईमहिना अघि सो क्षेत्रलाई पार्किङ निषेध बनाएको थियो। त्यसपछि सो क्षेत्रका व्यापारिहरुले विरोध जनाउदै आएका छन्।

उनीहरुले यसअघि सडकको एकतर्फी छेउमा मात्रै पार्किङ राखेको तर महानगरले हटाउदा ५० देखि ६० प्रतिशत व्यापार घटेकाले बाध्य भएर विरोध गर्नुपरेको बताएका छन्।

दरवारमार्ग विकास बोर्डको अगुवाईमा भएको विरोध प्रदर्शनमा सहभागीहरुले दरबारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ देखिएको व्यानर प्रदर्शन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *