दुई सय ग्राम ब्राउन सुगरसहित धनगढीबाट एक नियन्त्रणमा

डिसी नेपाल
१६ फागुन २०७९ २१:१५
12
Shares

कैलाली । धनगढी उपमहानगरपालिका– ९ त्रिवेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  हो ।

अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

उनी माथी थप छानबिन भईरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *