छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

डिसी नेपाल
२१ फागुन २०७९ १२:५१

काठमाडौं। देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ।

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको उक्त जिप दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ।

यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ मा ट्याक्टरलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा मोटरसाइक चालक स्थानीय ४५ वर्षीय राम एकवाल ठाकुर र पछाडी सवार ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए। महेन्द्रनगरबाट लक्ष्मीनिया तर्फ जादै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा सोही दिशा तर्फ जादै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल ठोक्किएर पल्टिएको थियो।

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार शहिदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ।

मोटरसाइकल चालक मृतक कुमारीदेवीको छोरा २८ वर्षीय उदय कुमार मण्डल घाइते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा सवारी साधनको ठक्करबाट पैदलयात्री एक पुरुषको मृत्यु भएको छ। मृतकको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *