अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

डिसी नेपाल
२१ फागुन २०७९ २२:२५
1.5k
Shares

काठमाडौं। काठमाडौं जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन)आदेश दिएको हो। अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन्।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन्। उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *