झलनाथ भेट्न डल्लु पुगे रामचन्द्र

डिसी नेपाल
२२ फागुन २०७९ ९:३६
60
Shares

काठमाडौँ। राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्।

आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन्।

राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग आज विहान भेट गरेर आफनो पक्षमा मत मागेका छन्। नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए।

आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *