अमेरिकाको एलएलएल ट्राभलको नेपालमा पनि शाखा

डिसी नेपाल
२३ फागुन २०७९ ६:३१

काठमाडौं। अमेरिका र नेपालका युवा व्यवसायीहरुले शुरु गरेको एलएलएल ट्राभल एजेन्सीको शाखा नेपालमा पनि खोलिएको छ।

विश्वभरको यात्रामा नेपालीलगायतका यात्रुहरुलाई सर्वसुलभ टिकटसहितका सेवा उपलब्ध गराउने उद्देश्यले खोलिएको सो ट्राभल एजेन्सीको नेपाल शाखा कार्यालय गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एक समारोहबीच मार्च ६ मा काठमाडौंमा उद्घाटन गरे।

अमेरिकामा व्यवसाय गरिरहेका युवा व्यवसायी एलडी बास्तोलालगायतको सक्रियतामा अन्तर्राष्ट्रियस्तरको यो ट्राभल एजेन्सी शुरु भएको हो। यस्को मुख्य कार्यालय अमेरिकाको ओहायोमा छ।

काठमाडौंमा यसको कार्यालय सुकेधारामा राखिएको र मार्च ६ देखि नै टिकेटिङ्ग सेवा शुरु गरिएको सो एजेन्सीका प्रबक्ता केशब आचार्यले डिसी नेपाललाई बताए।

यो कम्पनीको नेपाल लगायत अमेरिका, अष्ट्रेलिया, सिंगापुरलगायतका देशहरुबाट सेवा दिने जनाइएको छ। घरमै बसेर पनि सो कम्पनीको वेभसाइटमार्फट हवाइजहासको टिकट काट्न सकिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *