विदुरमा ‘बलियो महिला अभियान’ सुरू, महिलालाई उद्यमशील बनाइने
काठमाडौं। महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिकामा ‘बलियो महिला अभियान’ सुरु गरिएको छ। बलियो नेपाल संस्था र विदुर नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो।
“बलियो महिला” नामक चार दिने कार्यक्रमको उद्घाटनमा नगरपालिकाका मेयर राजन श्रेष्ठ, उप-मेयर प्रभा बोगटी र प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार खनालको उपस्थिति रहेको थियो।
कार्यक्रममा करिब १५ जना उद्यमी महिलाहरुलाई स्वच्छ पौष्टिक र फोर्टीफाईड खाद्य पदार्थ प्रशोधनक साथै वित्तीय तथा बिमा सक्षारता सम्बन्धि तालिम दिइएको थियो।
महिलाहरुलाई मस्यौरा, कोदोरफापर केक, फापर निम्की, कोदो हलुवा, अदुवा क्यान्डी जस्ता विभिन्न पौष्टिक खाद्य पदार्थहरुको उत्पादन विधि, सोको लेबलिंग र प्याकेजिंग समबन्धि सिकाइएको थियो।
उक्त कार्यक्रममा मेयर श्रेष्ठलेबिदुर नगरपालिकाको स्थानीय श्रोत प्रयोग गरेर स्वच्छ र पौष्टिक खाद्य पदार्थ उत्पादन गर्न तथा त्यसलाई बिक्रीवितरण गर्नको लागि पालिकाले समेत सहजीकरण एवम् समन्वय गर्ने बताएका थिए।
नगरपालिकाले आगामी दिनमा पनि वडाहरुमा सीपमूलक तालिमहरु संचालन गर्ने समेत जानकारी गराए। “महिला उद्यमी भए समाज, गाउँ र राष्ट्र आर्थिक दृष्टिले बलियो र सबल बन्ने र यो अभियान महिलाहरूका लागि ठूलो अवसर भएको” उपमेयर बोगटीको भनाई रहेको छ।
सोही कार्यक्रममा बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले “जब सम्म हरेक महिला ससक्त र आत्मनिर्भर हुन सक्दैन तब सम्म देश बलियो बन्न सक्दैन” भन्ने कुरालाई आत्मसात गर्दै यस तालिमद्वारा महिलाहरुमा उद्यमसिलता बढ्दै जाने र आयआर्जनको स्रोत समेत सिर्जना हुने कुरा बताए।
तालिममा प्राप्त सीपलाई व्यवहारमा उतार्ने गरी आफूहरू तालिममा सहभागी भएको महिलाहरूले बताए।
चार दिनसम्म सञ्चालन भएको सिपमुलक तालिम लक्षित् वर्गका स्थानीय महिलाहरुलाई स्थानीय स्रोत प्रयोग गरेर विभिन्न खाद्य पदार्थहरु जस्तै केक, मस्यौरा, लिटो, अदुवा क्यान्डी बनाउन सिकाई एउटा उद्यमी महिला बनाई देशलाई बलियो नेपाल बनाउने उदेश्यले सञ्चालन गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment