बुधबार सय जना महिलालाई चन्द्रागिरिको टिकट २ सयमै
काठमाडौं। चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ।
८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो।
कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर पाउने छन्। महिला दिवसको अवसर पारी विभिन्न व्यावसायिक संघसंस्थाले यस्तो छुट अफर ल्याउने गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment