तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइयो होली

डिसी नेपाल
२३ फागुन २०७९ २३:४६
24
Shares

काठमाडौं। फागुपूर्णिमा अर्थात होली पर्व तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ।

सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मंगलबार तराईका क्षेत्रमा मनाइएको हो। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *