राष्ट्रपति निर्वाचनमा कसलाई भोट दिने? निर्णय गर्न राप्रपा बैठक बस्दै

डिसी नेपाल
२४ फागुन २०७९ ६:३०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ।

‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने। उनका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ।

आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २६ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निर्क्याेल गर्नेछ।

राप्रपाभित्र एक समूह राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने पक्षमा छ। तर अध्यक्ष राजेन्द्र लिङ्देनसहित बहुसंख्यक नेता राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई मत दिनुपर्ने पक्षमा छन्।

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाभित्र निर्वाचनमा पनि सहकार्य गरेको हिसावले एमाले उम्मेदवारलाई मत दिनुपर्ने मत बलियो छ।

‘हिजो हामीले निर्वाचनमा पनि एमालेसँग सहकार्य गरेका छौं,’ यद्यपि सहकार्य गरेका भन्दा नगरेका उम्मेदवार धेरै विजयी भएर आएका छौं,’ राप्रपाका एक पदाधिकारीले डिसी नेपालसँग भने, ‘एमालेसँग सहकार्य गरेका तीन जनाले चुनाव जित्नु भयो भने सहकार्य नगरेका चार जना चुनाव जितेर आउनु भएको छ। तै पनि हामीले खोला तर्यो, लौरो बिर्सियो जस्तो गर्नु हुँदैन। एमाले उम्मेदवारलाई नै मत लिनुपर्छ।’

चुनावमा केही स्थानमा एमालेसँग सहकार्य गरेको राप्रपा यसअघि एमाले अध्यक्ष केपी ओलीको पहलमा निर्माण भएको गठबन्धनमा सहभागी हुँदै सरकारमा समेत सहभागी भएको थियो।

तर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने निर्णय गरेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *