महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डू पुगे
भक्तपुर। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन्।
बुधबारसूर्यविनायक नगरपालिका-७ गुन्डू स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो।

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment