नेपाली महिलाका लागि राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक : केपी ओली
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन्।
११३औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसर बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको रुपमा भण्डारीले निर्वाह गरेको भूमिका देश र नेपाली महिलाले गर्व गर्न लायक रहेको बताएका हुन्।
यही २८ फागुनदेखि कार्यकाल सकिन लागेको राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको उनको भनाइ छ। पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रपति बनेकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी हुन्। भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment