भोलि साँझ ७ बजेसम्म राष्ट्रपति निर्वाचनको मत परिणाम सार्वजनिक हुने

डिसी नेपाल
२४ फागुन २०७९ १६:५०

काठमाडौं। बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पुरा भएको छ।

काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अन्य सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको पौडेलले बताए।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने र चारबजेपछि मतगणना सुरु हुने उनले बताए। पौडेलले साँझ ७ बजेसम्म अन्तिम नजिता आउने गरि तयारी गरिएको जानकारी दिए।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्।

निर्वाचनमा संघीइ सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।

राष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *