राष्ट्रपतिका उम्मेदवारहरु सक्रिय राजनीतिबाट आएकाले निष्पक्षता हुने देखिएनः राजेन्द्र लिङ्देन

डिसी नेपाल
२४ फागुन २०७९ १९:१८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

पार्टी कार्यालय धुम्वाराहीमा बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

उहाले राष्ट्रपतिलाई संविधानले संवैधानिक र अभिभावकिय संस्थाको रुपमा कल्पना गरेपनि अहिले उम्मेदवार बनेकाहरु सक्रिय राजनीतिबाट आएकाले उनीहरुबाट अभिभावकीय भूमिका र निष्पक्षता हुने नदेखिएपछि तटस्थ बस्ने निर्णय गरेको बताए।

यसअघिका दुई राष्ट्रपतिहरु दलीय प्रभावबाट मुक्त हुन नसकेको र अहिले उम्मेदवार बनेकाहरु पनि दलीय प्रभावबाट मुक्त हुने नदेखिएको उनको भनाइ छ।

लिङ्देनले अहिलेको राष्ट्रपतीय संरचनामा पनि आफुहरुहको असहमति रहेको उल्लेख गरे।

भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्। राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *