राष्ट्रपति निर्वाचन: रास्वपाको बैठक आज बिहान बस्दै
काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँदैछ।
रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो। सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ।
रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment