राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था

डिसी नेपाल
२५ फागुन २०७९ ७:५८
48
Shares

काठमाडौं। आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ। निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग-अलग मतपत्र उपलब्ध हुन लागेकाे हाे।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयाेगका सह सचिव तथा प्रबक्ता शालिकराम पाैडेलले जानकारी दिएका छन्।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *