आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल
काठमाडौं। श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ।
काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिए पछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराइएको हो।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो।
सो आगलागी पछि त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ। जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन्। विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment