एक लाख घुससहित ललितपुर महानगरका शिक्षा अधिकृत पक्राउ
काठमाडौं। ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन्।
महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो। यस विषयमा थप अनुसन्धान गर्ने थपलियाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment