सभामुख घिमिरे आज बहराइन जाने

डिसी नेपाल
२६ फागुन २०७९ ६:३५
68
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले बहराइन आज बहराइन जाने भएका छन्। आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन्। सभामुखमा निर्वाचित भए पछि उनको पहिलो बिदेश भ्रमण हो।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य इन्दु कडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *