बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जना पक्राउ

डिसी नेपाल
२६ फागुन २०७९ १०:४६

बागलुङ। बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो। उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *