राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपतिसमक्ष पेश

डिसी नेपाल
२६ फागुन २०७९ १८:३८
120
Shares

कठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचन भएको ब्यहोराको प्रतिवेदन निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन्।

शुक्रबार आयोगका प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *