स्ववियु निर्वाचनः आज उम्मेदवार माथि दाबी बिरोध गरिने
फाइल फाेटाे।
काठमाडौं। आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवार माथी दाबी बिरोध गर्ने कार्यतालिका छ।
त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखी अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी बिरोध गरी सक्नुपर्नेछ।
शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ।
सो दाबी बिरोध पछि भोली ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment