ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ५ जनाकाे मृत्यु

डिसी नेपाल
२८ फागुन २०७९ १०:०७

काठमाडौं। ओखलढुंगाको रुम्जटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुइभिरमा दुर्घटना भएको छ ।

मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका- ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *