श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

डिसी नेपाल
२८ फागुन २०७९ १२:०२
1.2k
Shares

जुम्ला। जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ। घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ। घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *