सिन्धुली बस दुर्घटना अपटेड: तीन जनाको सनाखत

डिसी नेपाल
२८ फागुन २०७९ १७:१२
328
Shares

कमलामाई (सिन्धुली)। मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ।

उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन्।

अन्य मृतकको सनाखत हुन सकेको छैन। ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो।

बसमा चालकसहित ३६ यात्रु सवार थिए। सोह्र घाइतेलाई उपचारका लागि काठमाडाँै लगिएको सिलवालले जानकारी दिए।

ती मध्ये आठ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो। सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ।

बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *