शितल निवास छाडेर छोरीको घर गइन् निर्वतमान राष्ट्रपति भण्डारी

डिसी नेपाल
२९ फागुन २०७९ १५:४२

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो कार्यकाल पुरा गरि शितल निवासबाट बाहिरिएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मानसहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन् । शितल निवासबाट बाहिरिदा भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

निर्वतमान राष्ट्रपति भण्डारी शितल निवासबाट बालुवाटारस्थीत छोरीको घरमा गएकी छन् । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी अहिलेका लागि छोरीको घरमा बसेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *