सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी
काठमाडौँ। काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ। मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो।
शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ।
यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ।
यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment