झापामा भन्सार छली ल्याईएका अवैध कुखुरा नष्ट
झापा। विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–र ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रणमा लिएको छ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका– ५ बाट अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको रैथाने र बोइलर कुखुरा नियन्त्रणमा लिएको हो। यसरी नियन्त्रणमा लिइएका कुखुरा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment