भैसेपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
ललितपुर। ललितपुर महानगरपालिका-२५ भैसेपाटी स्थित टहराबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ। भैसेपाटी बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment