पोखरा विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
काठमाडौं। सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन्।
गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए।
बैठकले नागढुङ्गा नौविसे मुग्लिन सडकखण्ड विस्ताका लागि सडक सिमाभित्रका १ सय २१ घरटहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिएर घरटहराहरु हटाउनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment