महोत्तरीको बल्वामा आगलागी हुँदा एक जनाको मृत्यु, एक जना घाइते

डिसी नेपाल
१ चैत २०७९ २१:०९
12
Shares

महोत्तरी । महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी  घाइते भएका दुवै जनालाई स्थानिय र प्रहरीले तत्काल उदार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

घाइते मध्य चन्दन देविको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाई थप उपचारको लागी काठमाडौं लगिएको छ ।

रामसागर यादवको घरको भान्साबाट एक्कासी लागेको  आगलागीबाट उन्को झण्डै ८० हजार बरावरको क्षती समेत भएको छ । यादवको भित्र राखेको भाडाकुडा र लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *