अवैध लागूऔषध र नक्कली नोटसहित दुई जना पक्राउ

डिसी नेपाल
२ चैत २०७९ १३:०२
28
Shares

झापा। प्रहरीले बिर्तामोडबाट अवैध लागूऔषध र नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीया रहेका छन्।

विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

साथै प्रहरीले उनीहरूको साथबाट मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *