ह्याक भएको प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट फिर्ता

डिसी नेपाल
२ चैत २०७९ १७:००
28
Shares

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ।

बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिए।

यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *