सभामुख घिमिरे स्वदेश फिर्ता

डिसी नेपाल
२ चैत २०७९ २१:४६
52
Shares

काठमाडौं। सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।

स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मिडिया कक्षमा पत्रकारसँग कुरा गर्दै उनले भने, “महासभाको उद्घाटनको अर्को दिन मैले नेपालका तर्फबाट सम्बोधन गर्ने क्रममा हाम्रो देशको संसद्को भूमिका, सङ्घीय संसद्को दोस्रो निर्वाचनपछि गर्ने काम र संविधानलगायतका बारेमा आफ्ना कुरा राखेँ।”

फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा आयोजना भएको उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिजः फाइटिङ इनटलरेन्स’ विषयमा जनरल डिबेटमा सङ्घीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए। महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिएको थियो।

महासभामा सभामुख घिमिरेले अष्टे«लिया र अजरबैजानका सभामुखसँग शिष्टाचार भेट गरेका थिए। उनले बहराइनमा रहेका नेपाली कामदारसँग पनि भेटघाट गरेका थिए।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे छन्।

महासभाको १४७औँ सभा अफ्रिकाको अङ्गोलाको लुवाण्डामा सम्पन्न गर्ने निर्णय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *