सामाजिक सञ्जालमा जथाभावी लेख्ने पार्टी नेतामाथि राप्रपाले छानबिन थाल्यो

डिसी नेपाल
३ चैत २०७९ ११:४७
116
Shares

काठमाडाैं। राप्रपाले विभिन्न जिल्ला तथा स्थानीय समितिहरु निस्क्रिय रहेको, केही जिल्ला र कमिटीहरुमा आन्तरिक विवाद र समस्या भएका कारण सांगठनिक गतिविधि अघि बढाउन कठिनाइ भइरहेको भन्ने विभिन्न तहबाट आएका गुनासोको समाधानका लागि समिति गठन गरेको छ।

जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्न निर्देशन समितिको बैठकद्वारा पार्टीको सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा गठित निस्कृय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समितिमा सदस्य थप गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

समितिको सदस्य सचिवमा वरिष्ठ अधिवक्ता केन्द्रीय सदस्य राजु बस्नेत, सदस्यहरुमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्रीत्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ रहेका छन् ।

गत स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीका उमेदवारलाई असहयोग गर्ने, पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्ने, सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टी र नेतृत्व लक्षित गलत अभिव्यक्ति दिने, भ्रम सिर्जना गर्ने, निर्वाचनमा होमिएका उमेदवारको मनोबल कमजोर हुने गरी क्रियाकलाप गर्ने, निर्वाचनको समयमा पनि निस्कृय रहेका विभिन्न तहगत समितिलाई कारबाहीको दायरामा ल्याउने गरि छानबिनको प्रक्रिया अघि बढाइएको समितिका सदस्य प्रकाश रिमालले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *