राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

डिसी नेपाल
४ चैत २०७९ १६:४२
48
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्यायसंग सम्बन्धी संशोधन बिधेयकप्रति आपत्ती जनाएको छ।

सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

विधेयकमा द्वन्द्वको एक पक्षियलाई मात्रै सम्वोधन गर्ने प्रयास गरेकाले आफुहरुको विरोध रहेको उनको भनाइ छ।

बैठकले संसदीय दलको विधानलाइ पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताए। बैठकले संघ र प्रदेशका सांसदहरुलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भएको लिङ्देनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *