द्वन्द्वकालीन मुद्धाहरुलाई फौजदारीतर्फ लैजाने व्याख्या गर्नु अदालतको त्रुटीः सिपि गजुरेल

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलले समयमा नै संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई टुङ्गो लगाउन नसक्दा अहिले समस्या देखिएको बताएका छन्।
शनिबार काठमाडौंमा शान्ति सम्झौता, संक्रमणकालीन न्याय, सत्य निरुपणलगायतका विषयमा आयोजित कार्यक्रममा उहाले ६ महिनाभित्रै शान्तिप्रक्रियालाई टुङ्गाउनुपर्ने भएपनि १६ बर्षसम्म लम्विएका कारण अहिले समस्या देखिएको बताएका हुन्।
उनले यसको सम्पूर्ण जिम्मेवारी यस अवधिमा प्रधानमन्त्री बनेका प्रचण्ड, शेर बहादुर देउवा, केपी ओली, बाबुराम भट्टराईले लिनुपर्ने जिकिर गरे।
गजुरेलले संक्रमणकालीन न्यायलाई छिटो टुङ्गाउन आदेश दिनुपर्नेमा द्वन्द्वकालीन मुद्धाहरुलाई फौजदारीतर्फ लैजाने व्याख्या गर्नुमा अदालतको पनि त्रुटी रहेको बताए।
गजुरेलले शान्तिप्रक्रिया टुङ्गो लगाउनका लागि दवाव दिनका लागि माओवादी घटकहरु एकैठाउ आउनुपरेको धारणा राखे। उनले जनयुद्धलाई कसैले अपराधिकरण गर्न खोजे कदापी मञ्जुर नहुने बताए।
त्यस्तै नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलले दलाल पूजीवादको नेतृत्वले संविधान जारी भएकाले वर्तमान संविधानले जनतालाई प्रतिनिधित्व नगर्ने बताए।
उनले जनयुद्धलाई अन्तिम चरणमा लान नसकिएको र शान्तिप्रक्रियाका नाममा स्थगीत गर्न परेको उल्लेख गरे।
बास्तोलाले संक्रमणकालीन न्यायसम्बन्धी बिधेयकहरुलाई अघि बढाउनका लागि भने आफुहरुको ऐकवद्धता रहने उल्लेख गरे।
Facebook Comment