बालुवाटारमा १० दलको बैठक जारी

काठमाडौं। प्रधानमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक सुरु भएको छ।
बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो। आगामी सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता लगायत सहभागी छन्।
प्रतिक्रिया
Facebook Comment