प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिँदै विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारलाई दिएको समर्थन कायमै राख्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाको आइतबार बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो।
गत माघ २२ गते सरकारबाट बाहिरिएको रास्वपाले हालसम्म सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।
प्रतिक्रिया
Facebook Comment