एमालेका सचेतक बर्तौलाको प्रश्न : सरकार कसका लागि काम गरिरहेको छ ?

डिसी नेपाल
५ चैत २०७९ १४:३६

काठमाडौं। नेकपा एमालेका सचेतक महेश बर्तौलाले यो सरकार कसको लागि काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै प्रश्न उठाएका हुन्। किसानको ढाड सेक्ने गरी मलमा मुल्य वृद्धि गरेको र मलमा आउदै गरेको अनुदान कटौती गरेकाले सरकार कस्को भन्ने प्रश्न उठेको उनको भनाइ छ।

उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?नेपालका किसानहरुलाई एक बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी मलमा मुल्य वृद्धि गरेको छ। मलमा पाउँदै गरेको अनुदान कटौती गरेको छ। कहिले सम्म सरकारबाट नेपालका किसानहरुले यस प्रकारको ज्यादती पूर्ण अन्याय सहनु पर्ने म प्रश्न गर्न चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *