सरकारले संसदलाई अपहेलना गरेको सांसद पन्तको टिप्पणी

डिसी नेपाल
५ चैत २०७९ १४:४२
72
Shares

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संसदलाई सरकारले महत्व नदिएको टिप्पणी गरेका छन्।

आज आइतबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा प्रधानमन्त्रीले प्रस्तुत गर्नु पर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गरेर संसदको अपहेलना भएको बताए।

‘संसदको गरिमा त्यति बेला बढ्छ जब सरकार जन्माउने यो संसदलाई प्रधानमन्त्री सरकार महत्व दिन्छ, संसदभित्र आउने संसदमा उपस्थित हुँदा हुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य यो संसदको गरिमालाई अपहेलना गर्नु हो,’ उनले भने, ‘शून्य समयमा उठेको प्रश्नको उत्तर दिन र आजको विधेयक प्रधानमन्त्री आफैले प्रस्तुत गर्न रुलिङ होस्।’

शून्य समयमा उठेको प्रश्नहरुको उत्तर दिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *